Breaking News Search Hare

Saturday, January 30, 2010

क्या रमाइलो मकरमेला पनौतीको




धेरै पत्र पत्रिका मा पनौतीको बारेमा पढे मलाई लाग्यो के रहेछ त पनौती एक पल्ट जानु पर्छ जस्तो लाग्यो । माघ १६ गते निष्किए काठमाडौंबाट बिहान काठमाडौको वादल भित्रको ढुसीलाई छिचोल्दै म र मेरो एकजना साथी निष्कियौ । भक्तपुर हुदै बनेपा सम्म पुग्दा केही घामको मनिलो आवास हुन थाल्यो । बनेपाबाट पनौती सम्म करिव ६ किलो मिटर यात्रा हिडे पछि बल्ल हाम्रो गन्तव्य स्थान पनौती पूगियो । चिसोले कठरिएको बेलामा भिडलाई छिचोल्दै हामी पनौतीको इन्द्रेश्वर महादेवको मन्दीर तिर लाग्र्यौ । त्यँहाको रहेको अव्यवस्थित सवारी साधन को भिडलाई छिचोल्न कति त गार् यो भएन । बुढी आमा सगं केही फुलपाती किनेर म पनि खोला तिर लागे जाडोले काठ्ठिएर चीसो भएका मेरा हातले फुल पाती त लिन मानेका थिएन्न कहा म नुहाउन सक्थे र तर मुख सम्म धोए । फुलपातीको थान्केा त लागाउनै पर् यो अनि लागे इन्देश्वर महादेवको मन्दिर तिर । मान्छे कति धेरै त्यो भिड छिचोल्नै मलाई सारै गार् यो पर् यो । मन्दिरको दर्शन गरेर म माथि डाडा तिर लागे गोखनाथको मन्दिर तिर त्यहा सीताको पाइला रे त्यहा पनि जानै पर् यो उकालो चड्न थाले । उकालो बाटो धुलो उडेर मेरो कालो जकेट त खैरो भएको थियो । ओहो मलाई त कस्तो धौ धौ पर् यो । माथि त केही व्यवस्थित रहेछ । स्वयम सेवक धेरै नै रहेछन् । लाइनमा बसेर केही बेरमै मन्दिरको दर्शन गरियो । दर्शन गरि सकेर छेउमा बसेर केही बेर तल हेर्न थाले । मान्छे त कति कति भिड छिचोल्नै मलाई सारै गार् यो भयो । मलाई थाहा थियो मेरो आमाले मलाई सानोमा भन्नु हुन्थ्यो कान चिरेको योगीलाई दान दिए गरहा काटिन्छ रे । मैले पनौती को सीता पाइला मन्दिरमा कान चिरेको योगीला भेट्टाए । मलाई लाग्यो कतै मेरो सारा दुखा नास हुन्छ कि भन्ने लाग्यो र आटी हाले योगीलाई टीका लागाई दान पनि दिए अनि त मन पनि ढुक्क भए जस्तो लाग्यो आफैलाई । ओहो माथि गोरख नाथको मन्दिर मा दर्शन गरे पछि त तल हेर्न कति रमाइलो रहेछ । कोही जोडी आएका छन् कोही छोरा छोरी च्यापेर आएका छन् कोही बुढा बुढीको लाइन नै देखिन्छन । आखाले नभेटिन्जेल सम्म मान्छेको लाइन कति कति । गाडी रिर्जभै गरेर पनौती जानेको त गनि साध्यै छैन । के बुढा बुढी के यूवा सबैको उतिकै सहभागीता रहेको यो मेला सारै रमाइलो लाग्यो । एतिहासिक मान्यता अनुसार त्रिबेणी घाटमा यो मकर मेलामा नुहाइ इन्देश्वर महादेवको दर्शन गरियो भने रोग व्याधि निको हुने र दुख कष्ट पनि हट्ने एतिहासिक भनाइ छ । सायद केही भएरै त होला मान्छेको तेति सारो घुइचो लागेको । यस्तो मेला विश्वमा दुइ ठाँउमा मात्र लाग्ने भएर पनि यसको महत्व रहेको होला । भारत र नेपालको पनौतीमा लाग्ने यो मेला १२ वर्षमा एक पल्ट लाग्ने हुदाँ सके सम्म हेर्न नछुटाउनु होला । कतै तपाइ यस पाला छुट्नु भयो भने अर्को १२ वर्ष पछाडी के हुने हो कसलाइ के थाहा होइन र ।