Breaking News Search Hare

Friday, September 11, 2009

प्रेरणादई महिला नेत्री आङ सान सुकी


प्रजातन्त्र बादी नेत्री आङ सान सुकीको जन्म १९४५ को जुन १९ मा याङुनमा भएको हो । उनका बाबु आङ सानले आधुनिक बर्मेली सेना गठन हरी बेलायत सग युद्ब र बार्त दुबइ नितिका माध्यमबाट मुलुक्लाई सन १९४७ मा मुक्त्त परेका थिए । सोही बर्ष उनको हत्या भएको थियो । बाबुको मृत्‍यु पछी आङ सान सुकी र उनको दुई दाजुभाइलाई आमा खिन किले हुर्काइन । सन १९६९ मा बेलायतको अक्सर्फोड विश्वाबिध्यालय सेन्ट ह्यू कलेजबाट दर्शन शास्त्र , राजनीति र अर्थशास्त्रमा स्नातक पास गरिन । त्यस पछी उनी अमेरिका गइन र तीन वर्ष सँयुक्त्त राष्ट्र संघमा काम गरिन । उनले सन १९७२ मा तिब्बती सन्स्कृतिका बिद्बवान माइकल अरिस सग विवाह गरिन । उनले सन १९७३ मा जेठो छोरा र सन १९७७ मा कान्छो छोरालाई जन्मा दीइन् । उनले सन १९८५ मा ल्यान्डन विश्वाबिद्यालय बाट बिद्या बारीदी गरिन । सुकिले केही समय मेनमर सरकारको कर्माचारिको रुपमा समेत काम गरिन । आमा बिरामी परे पछी सुकी सन १९८८ मा बर्मा फर्किन । यसै बर्षा उनले पदर्सन को नेत्रित्व समेटा गरिन । सन १९९० मा सम्पन्न निर्वाचनमा सुकी को दल नेसनल फर डेमोक्रासिले दुई तिहाइ मत ल्यए पनि सैनिक सरकारले सुकिलाई सत्ता सत्तहस्तन्रण गरेन । त्यस अघिनै सुकिलाई नजर बन्धमा राख्यो । सुकी र उनका पतिको सन १९९५ मा अन्तिम पटक भेटघाट भएको थियो । अरिसलाई मेनमार सरकारले प्रबेश गर्न नदिएकाले पत्नी सग भेट गर्नै नपाई सन १९९९ मा उनको मृत्‍यु भयो ।

राजनीतिमा प्रबेश
सन १९८८ मा उदारबादी जनरल ने बिनलाई अपदस्त गरिएपछी आन्दोलन भाडकियो । त्यस आन्दोलनले प्रजातन्त्रका पक्षेमा आवाज उठायो । अगस्ठ ८ सन १९८८ मा आन्दोलन दबाइयो । ३ हजार भन्दा बढी मनिसको मृत्‍यु भएको थियो । सोही बर्षा अगस्ठ २६ मा उनले यागुनमा आयोजित सभालाई सम्बोधन गरिन । उक्त्त सभामा ५ लाख मानिस शाहभागी भएका थिए । उक्त पार्टिको महासचिब भए पछी उनलाई मेनमार सरकारले नजर बन्धमा राख्यो । उनलाई सरकारले मुलुक छोड्ने भए रिहा गर्ने सर्त राखेको थियो तर उनले तो कुरालाई स्विकार गरिनन । अगस्ठ ११ सन १००९ मा डेढ बर्षाका लागि नजबन्धको म्यद थपिएको थियो । नजरबन्धमै रहेका बेला अमेरिकि नागरिक जोन इटाबलाई घरमा प्रबेश गर्न अनुमती दिएको अभियोगमा उनलाई उक्त्त सजय दीएको हो ।